भारतले बंगलादेशलाई हराउँदा नेपाललाई फाइदा, महिला भलिवल टिम सेमिफाइनलमा प्रवेश

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ मंसिर १३, शुक्रबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

मंसिर १३, काठमाडौं । नेपाली महिला भलिबल टोली १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सेमिफाइनलमा पुगेको छ ।

शुक्रबार भएको खेलमा भारतसँग बंगलादेश पराजित भएसँगै नेपाली टोली सेमी फाइनल पुगेको हो ।

नेपाल समूह ‘ए’को उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो । त्रिपुरेश्वरस्थित कवर्डहमा सम्पन्न खेलको पहिलो सेटमा २५–१८ को जित निकालेको भारतले दोस्रो सेटमा २५–११ को जित निकाल्न सफल भएको थियो । अन्तिम सेटमा भारतले २५—९ को जित निकालेको थियो ।

भारत समूह विजेता बनेको छ । अब भारतले समूह ‘बी’को उप विजेतासँग प्रतिस्पर्धा गर्नेछ । नेपालले भने समूह ‘बी’को विजेतासँग प्रतिस्पर्धा गर्ने भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस