डा केसीसंग भेटेपछि देउवाले भने-‘लोकतन्त्रमा एक जना नागरिक पनि निकै बलियो हुन्छ’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ श्रावण ५, शनिबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

साउन ५,काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार शिक्षण अस्पताल महाराजगञ्ज पुगी अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन ।

त्यस अवसरमा उनले डा केसीको स्वास्थ्य अवस्था निकै कमजोर भएकाले तत्काल वार्तामा बसेर माग सम्बोधन गरी उनको जीवनरक्षाका लागि सरकारसँग माग गरे ।

सभापति देउवाले लोकतन्त्रमा एक जना नागरिक पनि निकै बलियो हुने बताउँदै डा केसीका माग जायज छन् र उनका पछाडि हामी लाखौँ नागरिक रहेको प्रतिक्रिया पनि दिए ।

स्वास्थ्य जोखिममा पर्नेसक्ने भन्दै सरकारले बिहीबार हेलिकप्टरमार्फत डा केसीलाई जुम्लाबाट काठमाडौँ ल्याएको थियो । शिक्षण अस्पतालमा रहनुभएका डा. केसीले अनसनलाई निरन्तरता दिएका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस