कास्की २ मा विद्या भट्टराईको फराकिलो अग्रता

  • अनलाइन केन्द्र
  • / बैंक/वित्त /
  • २०७६ मंसिर १५, आईतबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर १५, कास्की । बहुप्रतिक्षित कास्की क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता लिएकी छन् ।

शनिवार रातिदेखि जारी मत परिणाममा उनी फराकिलो मतान्तरका साथ अग्र स्थानमा छिन् । जारी मतपरिणामअनुसार उनले ३ हजार २ सय ७६ मत पाएकी छन् ।

यस्तै, नेपाली काँग्रेसका खेमराज पौडेलले २ हजार १ सय १५ मत पाएका छन् ।

भरतपोखरी क्षेत्रबाट मतगणना थालिएको हो । भरतपोखरी नेकपाका दिवंगत नेता रविन्द्र अधिकारीको जन्म क्षेत्र हो ।

ताजा अपडेट

खोजी गर्नुहोस