धरान उपमहानगरपालिकामा नेकपा र कांग्रेसबीच कडा टक्कर, यस्ताे छ मतपरिणाम !

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०७६ मंसिर १५, आईतबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १५, धरान । धरान उपमहानगरपालिकाको मेयरका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ ।

गएराति सुरु भएको मतगणनाको प्रारम्भिक परिणाममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रकाश राई र नेपाली काँग्रेसका तिलक राईबीच कडा टक्कर देखिएको छ ।

अहिलेसम्म वडा नम्बर २०, १९ र १८ को मतगणना सकिएको भने १७ नम्बर वडाको मतगणना जारी छ । पछिल्लो पत परिणाममा नेकपाका उम्मेदवार १७ मतले अघि देखिएका छन् ।

नेकपाका उम्मेदवार राईले २ हजार ३०९ मत पाएका छन् भने कांग्रेसका उम्मेदवारले २ हजार २९२ मत प्राप्त गरेका छन् ।

यसैगरी संघीय लिम्बुवान राज्य परिषदले १३३, समाजवादीले ७९ र साझा पार्टीका उम्मेदवारले ३ मत पाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस