‘लण्डन ब्रीज’ को आक्रमणकारी पाकिस्तानी मुलका मुस्लिम आतंककारी रहेको खुलासा

मंसिर १५, काठमाडौं । बेलायतको राजधानी लण्डनस्थित ‘लण्डन ब्रीज’मा शुक्रबार राती चक्कू आक्रमण गर्ने व्यक्ति उसमान खान हालै जेलमुक्त गरिएका मुस्लिम आतङ्कवादी समूहका कैदी रहेको पाइएको छ। पाकिस्तानी मुलका खानको मुस्लिम आतङ्कवादी समूहसँग संलग्नता रहेको पुष्टी गर्दै बेलायती सुरक्षा निकायले यो आक्रमणलाई आतंकवादी आक्रमण भएको बताएको छ।

यो आक्रमण २ बर्ष अघि सन् २०१७को जुन ३ मा लण्डन ब्रीजमै भएको आक्रमणसँग जोडिएर हेरिएको छ। सो आक्रमणमा समेत पाकिस्तानी मूलका ३ मुस्लिम आतंकवादी संलग्न थिए। यो आक्रमणमा संलग्न रहेका खान बेलायतमा रहेका केहि अतिवादी तत्वहरुलाई सन् २०१२मा पाकिस्तानको आतंकवादी तालिम शिविरमा तालिम दिने काममा संलग्न रहेका थिए। चक्कू आक्रमणमा संलग्न खानको प्रहरीले चलाएको गोली लागि घटनास्थलमा नै मृत्यु भएको थियो।

शुक्रबार राति आक्रमणकारी उसमान खानले भने धारिलो हतियारद्वारा अन्धाधुन्ध बटुवामाथि आक्रमण गर्दा दुई जनाको मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए। घाइते दुबैजनाको स्थानीय अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ।

यसअघि सन् २०१७ को जुन ३ मा ‘लण्डन ब्रिज’ यस्तै आक्रमण भएको थियो। उक्त आक्रमणमा आठ सर्वसाधारण मारिएका थिए भने अन्य केही व्यक्ति घाइते भएका थिए। सो घटनामा खुराम बट, रसिद र युसुफ नाम गरेका ३ जना पाकिस्तानी मुलका मुस्लिम आतंकवादी संलग्न रहेका थिए। सो घटनामा संलग्न उनीहरुलाई प्रहरीले घटनास्थलमै गोली प्रहार गरि मारेको थियो।

आइसीसको चरम ज्यादती भएको समयमा बट बेलायतबाट सिरिया जान चाहेको उनको पत्नीले पछि संवाददाताहरुलाई बताएकी थिइन। उनले सिरिया जान इच्छा व्यक्त गर्दा आफू डराएको संवाददाताहरुलाई बताएकी थिइन। तर बेलायतमै बसेर पनि बेलायतमै आतंककारी आक्रमणको योजना बनाएको बारेमा आफू अनविज्ञ भएको उनले बताएकी थिइन। एजेन्सी

संम्बन्धित समचार

Leave a Reply