मंसिर १५, सुनसरी । सुनसरीको लौकीमा गएराति एम्बुलेन्स र ट्रक एकआपसमा ठोक्किँदा ७ जनाको मृत्यु भएको छ ।
विराटनगरस्थित गोल्डेन अस्पतालबाट उदयपुर जाँदै गरेको को १ च १३६४ एम्बुलेन्स र वीरगंजबाट विराटनगर जाँदै गरेको ना २ ख ९०८२ ट्रक नम्बरको ट्रक एकआपसमा ठोक्किदां एम्बुलेन्समा सवार ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी विनोद शर्माकाअनुसार एम्बुलेन्समा १ महिला र ६ जना पुरुष सवार थिए । एम्बुलेन्समा अस्पतालबाट ल्याइएको एक शव पनि थियो ।
अझै थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।