एक महिनामा दुई जिल्ला अदालतमा दुई फरक पुरुषसँग ‘बिहे’

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०७६ मंसिर १५, आईतबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर १५, झापा । दमकको बेलडाँगीस्थित शिविरमा बस्ने भुटानी शरणार्थी २९ वर्षीया सावित्री गुरुङले ०७४ कात्तिक २१ मा मोरङ जिल्ला अदालतमा ४२ वर्षीय चिरञ्जीवी राईसँग लोग्नेस्वास्नीको सम्बन्ध कायम गरिपाऊँ भन्दै निवेदन दिइन् ।

राईसँग तीन वर्षअघि चिनजान भएको र प्रेम सम्बन्ध कायम भएलगत्तै घरजम गरेको उनले निवेदनमा उल्लेख गरेकी थिइन् । निवेदन आएकै दिन जिल्ला न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले उनीहरूलाई लोग्नेस्वास्नीको मान्यता दियो ।

तिनै सावित्रीले एक महिनापछि ०७४ मंसिर २६ गते जिल्ला अदालत भक्तपुरमा खगेन्द्र बलम्पाकीसँग लोग्नेस्वास्नीको नाता कायम गराई पाऊँ भन्दै अर्को निवेदन दिइन् । यो निवेदनमा भने उनले झापाबाट भक्तपुरस्थित मामाको घर आउनेजाने क्रममा फोन तथा फेसबुकबाट कुराकानी हुँदै खगेन्द्रसँग प्रेम सम्बन्ध स्थापित भएर बिहे भएको विवरण लेखेकी छन् । उनले ०७४ वैशाख २८ मा आफूहरूले बिहे गरेको पनि उल्लेख गरेकी थिइन् । यता पनि निवेदन दिएकै दिन जिल्ला न्यायाधीश महम्मद जुनैद अजादको इजलासले सावित्री र खगेन्द्रलाई लोग्नेस्वास्नीको मान्यता दियो ।

अदालतमा एकीकृत सूचना प्रणाली अभाव रहेको फाइदा उठाउँदै सावित्रीले करिब एक महिनाको अन्तरमा दुई जिल्ला अदालतमा दुई फरक पुरुषसँग ‘बिहे’ गरेकी थिइन् । यसको पछाडि भने ठगी र मानव तस्करीको धन्दा रहेको खुलेको छ ।  कान्तिपुर दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस