रोनाल्डो बेचेको केही दिनपछि रियल मड्रिडमा भित्रिए भिनिसस जुनियर

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ श्रावण ५, शनिबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन ५,काठमाडौँ । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो बेचेको केही दिनमा नै रियल मड्रिडले ब्राजिलका युवा खेलाडी भिनिसस जुनियरलाई अनुबन्ध गरेको छ ।

रियलले १८ वर्षीय स्ट्राइकर भिनिससलाई ६ वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । रियलले भिनिसससंग सन् २०२५ सम्मको लागि सम्झौता गरेको जनाएको छ । भिनिससलाई रियलले ब्राजिलियन क्लब फ्लामेन्गोबाट ३५ मिलियन पाउण्डमा भित्र्याएको हो ।

ब्राजिलको उमेर समूहबाट खेलिसकेका भिनिससले यु–१५, यु–१७ र यु–२० टिमबाट खेलिसकेका छन् । भिनिससले गएको सिजन फ्लामेन्गोबाट ३७ खेल खेल्दै ७ गोल गरेका थिए ।

रियलले उनलाई गएको वर्ष नै क्लबमा अनुबन्ध गरेको बताए पनि उमेर हकबन्दीका कारण उनलाई क्लबमा ल्याइएको थिएन । १८ वर्ष मुनिको खेलाडीलाई कुनै पनि क्लबले अनुबन्ध गरेमा कारबाही हुने भएकाले रियलले उनलाई यो सिजनमा मात्र औपचारिक रुपमा सार्वजनिक गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस