मंसिर १५, काठमाडौं । कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेता विद्या भट्टराईले यो जीत रवीन्द्र अधिकारीको जीत भएको बताएकी छन्।
स्वर्गीय रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्याले अब रवीन्द्र अधिकारीको सपना पूरा गर्ने पनि बताएकी छन्।
‘यो जीत काँस्केली जनताको, सम्पूर्ण न्यायपूर्ण जनताको र रवीन्द्र अधिकारीको जीत हो’, उनले जीतपछि भनिन्, ‘म जसरी मत माग्न जनताकहाँ गएको थिएँ, त्यसरी नै म मतदाताकहाँ जान्छु र कार्ययोजना बनाएर काम गर्छु।’
विद्याले विजयीपछि सबैलाई धन्यवाद ज्ञापन पनि गरिन् । ‘म पूर्वाधार विकास, सामाजिक न्यायका कुराहरु, नीति निर्माणका कुराहरु अघि बढाउने छु। पोखरालाई पर्यटकीय राजधानी बनाउने काम गर्नेछु, समृद्ध नेपाल र सुखी नेपालीको चाहना पूरा गर्न चाहन्छु, म रवीन्द्र अधिकारीप्रति धन्यवाद ज्ञापन गर्न चाहन्छु, यो रवीन्द्र अधिकारीको जीत हो,’ उनले थपिन्।
खेमराजले दिए बधाई विजयी विद्या भट्टराईलाई
निकट्तम प्रतिष्पर्धी नेपाली कांग्रेसका उमेदवार खेमराज पौडेलले भटराइर्बलाइ नतिजा सार्वजनिक हुनासाथ बधाइ दिएका छन्। आफूभन्दा ८ हजार ४ सय ६ मत बढी ल्याएर विजयी बनेपछि खेमराजले उनलाइ सफल कार्यकालको कामना गरेका हुन्।