साग: तेक्वान्दोमा मात्रै ६ वटा स्वर्ण

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ मंसिर १६, सोमबार (४ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

मंसिर १६, काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले तेक्वान्दोमा मात्रै ६ वटा स्वर्ण जितेको छ।

नेपालका लागि सोमबार अपरान्ह तेक्वान्दोकी अनु अधिकारीले पनि ५० केजी तौल समूहतर्फ स्वर्ण जितेकी हुन। यसअघि अनुले ११औ सागमा समेत स्वर्ण दिलाएकी थिइन्।

यस्तै आयशा शाक्यले पनि पुम्सको एकल र टिममा गरी दुघ वटा स्वर्ण दिलाइन्।

यस्तै पार्वती गुरुङले २३ देखि २९ वर्ष उमेर समूहको पुम्सेको महिला एकलतर्फ स्वर्ण जितिन् भने नेपालकी कुसुम खड्काले ४५ केजी तौल समूह महिला तर्फ ब‌‌ंगलादेशी खेलाडी मौनजेरा बोर्नलाई हराउँदै स्वर्ण दिलाइन्।

यता तेक्वान्दोतर्फ नेपालका कमल श्रेष्ठ र सिना मादेन लिम्बुले स्वर्ण दिलाए

ताजा अपडेट

खोजी गर्नुहोस