मंसिर १७, बारा । महागढीमाई नगरपालिकाको बरियारपुरमा जारी गढीमाई पञ्चवर्षीय मेलामा मंगलबार (आज) बिहान पञ्चबलिपछि राँगाको बलि दिइँदै छ ।
सो पञ्चबलिका लागि मुसा, बोका, पाठी, परेवा र हाँसको अन्डा गरी पाँच जीव तयारी अवस्थामा राखिएको मन्दिरका पुजारी शिव चौधरीले जानकारी दिएका छन् ।
सोमबार राति १२ बजेदेखि १०/१२ जनाको संख्यामा रहेका मन्दिरका पुजारीहरूले तान्त्रिक विधिद्वारा पूजापाठ र सोही क्रममा आफै बत्ती बलेपछि पूजा सफल भएको मान्ने गरिएको पुजारी चौधरीले बताए।
‘सोमबार राति १२ बजेदेखि पूजाघरमा पूजा सुरु गरिन्छ,’ चौधरीले भने, ‘सो पूजापछि मन्दिरभन्दा पूर्व रहेको ब्रह्मस्थानमा आएर पूजापाठ गरिने धार्मिक परम्परा रहेको छ।’ पूजापाठ मंगलबार बिहान ६ बजेसम्म चल्ने उनले बताए । नागरिक दैनिकमा खबर छ ।