जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु, ३ जना गम्भीर घाइते

  • अनलाइन केन्द्र
  • / बैंक/वित्त /
  • २०७६ मंसिर १७, मंगलबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १७, बागलुङ । बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् ।

गुल्मीको इश्मा गाउँपालिकाबाट कूल पूजाका लागि गुल्मी जाँदै गर्दा कार्की परिवार चढेको ग १ ज ५२१९ नम्बरको जीप बागलुङको बडीगाड गाउँपालिका-७ स्थित सडकबाट करिब ५०० मिटर तल खोलामा खसेको हो ।

१८ जना सवार जीप दुर्घटनामा ९ महिला, ४ जना पुरुष र एक जना बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नवराज भट्टराईले पुष्टि गरे ।

अन्य ३ जना गम्भीर घाइते भएका छन् भने एक जना खोलाले बगाएर बेपत्ता भएको एसपी भट्टराईले जानकारी दिए ।

घाइतेलाई प्राथमिक उपचारका लागि उद्धार गरी बुर्तिबाङ लिइएको छ । थप उपचारको काठमाडाैं ल्याउन हेलिकप्टरको पहल गरिएको प्रहरीले जनाएको ।

ताजा अपडेट

खोजी गर्नुहोस