डा केसीको समर्थनमा काठमाडौंको वसन्तपुरमा सामूहिक अनसन सुरु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ श्रावण ६, आईतबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

साउन ६,काठमाडौँ । अनशनरत डाक्टर गोविन्द केसीको मागमा समर्थन जनाउँदै सामूहिक सत्याग्रह सुरु भएको छ । काठमाडौंको वसन्तपुरमा सामूहिक अनसन सुरु भएको हो । डाक्टर केसीका माग र आन्दोलनमा ऐक्यवद्धता जनाउँदै आएका युवाहरुले आजदेखि अनसन सुरु गरेका हुन् ।

केसीका माग पूरा नहुँदासम्म दिनहुँ बिहान १० देखि वेलुका ५ बजेसम्म अनसन बसेर सरकारलाई दबाब दिइने अभियन्ता शशिविक्रम कार्कीले जानकारी दिए । यस्तै, डाक्टर केसी १५ औ पटक अनसन बसेको आज २३ दिन पुगेको छ ।

चिकित्सा शिक्षाको गुणस्तरीयता कायम गर्न तथा गुणस्तरीय स्वास्थ्य सुविधालाई आम नागरिकको पहुँचमा पुर्याउन माग गर्दै डाक्टर केसीले जुम्लामा अनसन सुुरु गरेका थिए । अनसनको २० औं दिन उहाँको उपचारका लागि भन्दै सरकारले बल प्रयोग गरेर केसीलाई काठमाडौ ल्याएपनि उनले स्वास्थ्य परीक्षण गर्न मानेका छैनन्।

ताजा अपडेट

खोजी गर्नुहोस