‘विशेष दूत’ बनेर नेता नेपाल किन जान मानेनन् भारत ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ मंसिर १८, बुधबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर १८, काठमाडौं । भारतसँगको सीमा विवाद नयाँ शैलीमा उठ्न थालेपछि दुई देशबिच कूटनीतिक माध्यमबाट त्यसको समाधान खोज्ने दिशातर्फ नेपाल सरकार अग्रसर भएको छ ।

त्यसलाई कार्यान्वयन गर्न पहिलो चरणमा भारतीय संस्थापनसँगको वार्ताको निम्ति विशेष दूत पठाउने योजना बने बमोजिम नेकपाका वरिष्ठ नेता, विदेश विभाग प्रमुख तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल मंसिर ७ गते म्यासेडोनिया जानुअघि नै प्रधानमन्त्रीले बोलाएरै भने, ‘भारतसँग कुरा गर्न अरुलाई पठाएर हुँदैन, तपाई नै जानुपर्ने भयो ।’

राष्ट्रियहितको पक्षमा जाने, कुरा गर्ने समाधान खोज्ने विषयमा माधवले नमान्ने कुरै थिएन । उनले ‘उताबाट फर्किएर आउँछु, अनि जाऔँला’ भने । गतहप्ता स्वदेश फर्किए । तर, फर्किएपछि कुनै सोधखोज छैन । शायद, प्रधानमन्त्री अस्पतालको आइसियुमा रहेर उपचार गराइरहेकाे र चिकित्सकहरुले भेटघाटमा कडाई गरिदिएका कारण पनि हुन सक्छ, प्रमकै तहबाट सोधखोज हुन नपाएको । माधवलाई विशेष दूतको रुपमा कुरा गर्न जानुभनिएसँगै उनले आफ्नै तहबाट कालापानीसम्बन्धि डकुमेन्ट संकलन गर्न थालेका छन् ।

तर, यति संवेदनशिल विषयमा प्रमले एकचोटि भनिसकेपछि सरकारका अन्य अंगहरु सक्रिय हुने, विशेष दूत बनाएर पठाइने भनिएको नेतालाई भएभरको दस्तावेज उपलब्ध गराउनुपर्ने हो, त्यो पनि हुन सकेको छैन । प्रमले विशेष दूतका रुपमा भारतसँग कुरा गर्न अनुरोध गरिरहँदा माधवको माग थियो, ‘त्यो कुरा प्रधानमन्त्रीको च्यानलबाट भारतले थाहा पाउनुपर्छ, अनिमात्र जान्छु । त्यतिकै कुरा गरेको भरमा परिणाम ननिस्किने गरी जान्न ।’ जनआस्था साप्ताहिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस