३३ किलो सुन तस्करी प्रकरणमा जोडिएको आरके ज्वेलर्सको सिलबन्दी हटाउन परमादेश

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ मंसिर १९, बिहिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १९, काठमाडौं । सर्वोच्च अदालतले ३३ किलो सुन तस्करी प्रकरणमा जोडिएका काठमाडौं न्यूरोड र दरबारमार्गमा रहेको आरके ज्वेलर्सलाई पसल सञ्चालन गर्न पाउने अनुमति दिएको छ ।

सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र डम्बरबहादुर शाहीको संयुक्त इजलासले सिलबन्दी खोलेर पसल सञ्चालनका लागि परमादेश जारी गरेको हो ।

आरके ज्वेलर्सलाई गृह मन्त्रालयले गठन गरेको विशेष अनुसन्धान समितिले पसल छापा मारेर २८ जेठ २०७५ मा सिलबन्दी गरेको थियो । तस्करी भएको ३३ किलो सुन बिक्री गरेको अभियोग आरके ज्वेलर्सका सञ्चालक मोहनकुमार अग्रवाललाई अनुसन्धानका लागि ३० चैत २०७४ मा अनुसन्धानका लागि पक्राउ गरेको थियो

प्रहरीले सुनका मुख्य लगानीकर्ता मोहनकुमार अग्रवालको घरमा छापा मारेपछि शाक्यको संलग्नता खुलेको थियो । अग्रवालको घरमा छापा मारेर ३० लाख रूपैयाँ नगद, दुई किलो चाँदी र १० तोला सुन बरामद भएको थियो । राजधानी दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस