पैतिसभन्दा बढी युवा समाजवादी पार्टीमा प्रवेश

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ मंसिर १९, बिहिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १९, भैरहवा । रुपन्देहीको मर्चवारी गाउँपालिकामा विभिन्न पार्टीमा आवद्ध र स्वतन्त्र रहेका एकसय बढी युवाहरु समाजवादी पार्टीमा प्रवेश गरेका छन् । मर्चवारी गाउँपालिका २ स्थित अमुवामा आयोजित एक कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् ।

उनीहरुलाई समाजवादी पार्टीका प्रदेश उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेय, समाजवादी पार्टीका रुपन्देही अध्यक्ष राम अवतार यादव, उपाध्यक्ष सियाराम यादव लगायतले पार्टीमा स्वागत गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा दिनेश चौधरी, दोश मोहम्मद, सुरेन्द्र बनिया, इजहार अली, महेन्द्र बरई, हरिपाल मुराव, रामकेवल भर, आविद पठान, मिठाई अहिर, कुमार मौर्या, सनोज चौरसिया, अकबर पठान, राजमन भर, दशरथ बरई, महबुब नाउ, केरई हरिजन, यशोधरा हरिजन, विजयकुमार मौर्या रहेका छन् ।

त्यस्तै शिवकुमार प्रजापति, गणेश यादव, विनोद हरिजन, राकेश चाई, रामसुभग पासी, लक्ष्मण कोइरी, सावर कोइरी, अर्जुन कोहार, चिनक शेख, उपेन्द्रनाथ शुक्ला, शैलेश दुवे ,जयप्रकाश हरिजन, रामप्रसाद पाल, त्रिलोकी पासी, तौलन पासी र इलियास शेख रहेका छन् ।

सो अवसरमा बोल्दै समाजवादी पार्टीका नेता सन्तोष कुमार पाण्डेय, रुपन्देही अध्यक्ष राम अवतार यादव लगायतले अब आउने चुनावबाट समाजवादी पार्टी रुपन्देहीमा मात्र नभइ प्रदेश ५ मै पहिलो शक्ति बन्ने दावी गरे । नवप्रवेशी दिनेश चौधरी, शिवकुमार प्रजापति लगायतले समाजवादी पार्टीले हिमाल, पहाड र तराईलाई भावनात्मक रुपमै जोड्ने इन्द्रेणी राष्ट्रियता, सुशासन र समृद्धिको एजेण्डाबाट प्रभावित भएर पार्टीमा आवद्ध भएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस