विप्लव समूह युवा सङ्घ बागलुङका सचिव पक्राउ

  • अनलाइन केन्द्र
  • / बैंक/वित्त /
  • २०७६ मंसिर १९, बिहिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

मंसिर १९, बागलुङ । नेत्रविक्रम चन्द समूह, युवा सङ्घ बागलुङका सचिव २१ वर्षीय रमेश अविरल भनिने हल सुनार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले गलकोटबाट बुधबार सुनारलाई पक्राउ गरिएको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । सुनारको साथबाट विप्लव समूहसम्बन्धी पत्र, पोष्टर, पम्प्लेटसमेत बरामद गरिएको उनले बताए ।

प्रहरी उपरीक्षक नवराज भट्टले भने, “पक्राउ परेका सुनारमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।” सोनार गलकोट नगरपालिका–४ भयरखर्कका बासिन्दा भएको बताइएको छ । रासस

ताजा अपडेट

खोजी गर्नुहोस