मोटरसाईकल दुर्घटनामा बाबुछोराको मृत्यू

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ श्रावण ६, आईतबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन ६,काठमाडौँ । ट्रकको ठक्करवाट पाल्पामा दुई जनाको आइतबार ज्यान गएको छ । सिद्धार्थ राजमार्ग अन्र्तगत पाल्पा बुटवलको सडकमा पर्ने तिनाउ गाउँपालिका ३ सिद्धबाबा नजिक आईतबार बिहान साढे ११ बजेतिर मोटरसाईकललाई ट्रकले ठक्कर दिएको थियो ।

ठक्कर पछि मोटरसाईकलमा सवार माथागढी गाउँपालिका २ का ४५ वर्षीय माधब कुमाल र उनका छोरा १९ वर्षीय उमेश कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पाबाट बुटवल जाँदै गरेको ना ३ ख १००८ नम्बरको ट्रकले लु २१ प ९६८० नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा दुवै जना सडकदेखि झण्डै डेढ सय मिटर तल तिनाउ खोलामा खसेका थिए ।

अहिले डोरीको सहायताले शव निकाल्ने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरिक्षक विनोद घिमिरेले जानकारी दिए ।

मोटरसाईकल सडककै किनारामा ढलेको अवस्थामा रहेको र ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अघिल्लो दिन बेलुकी पनि सिद्धार्थ राजमार्गमा पर्ने डुम्रेमा जिपको ठक्करबाट मोटरसाइकल चालक तानसेन नगरपालिका १४ अर्गलीका २३ वर्षीय कृष्ण पुनको ज्यान गएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस