न्याय माग्न गएकी महिलालाई २८ दिन प्रहरी थुनामा

  • अनलाइन केन्द्र
  • / रोजगार /
  • २०७६ मंसिर २१, शनिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

मंसिर २१, बारा । घरमै पसेर कुटपिट गर्नेहरुलाई कारबाहीको माग गर्दै प्रहरीसँग न्याय माग्न गएकी एक महिलालाई प्रहरीले उल्टै २८ दिन प्रहरी थुनामा राखेको घटना सार्वजनिक भएको छ ।

बाराको जितपुर सिमरा ७ नसिम टोलकी ३० वर्षिया रिजवाना खातुन घरमा पसेर कुटपिट गर्नेहरु विरुद्द जाहेरी दिन गत असोज ८ गते इलाका प्रहरी कार्यालय सिमरामा पुगेकी थिइन् । तर प्रहरीले उनीविरुद्द जिल्ला प्रहरी कार्यालय पर्सामा ठगी मुद्धा दर्ता भएको भन्दै नियन्त्रणमा लिएपछि खातुन २८ दिनसम्म प्रहरी थुनामा बस्न बाध्य भएकी हुन् ।

जिल्ला अदालत पर्साले खातुनविरुद्ध परेको ठगी मुद्दामा आवश्यक प्रमाण नदेखिएको भन्दै धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी ५ लाख रुपैयाँ बुझाएर कात्तिक ६ मा रिहा भएकी हुन् । २८ दिन थुनामा रहँदा प्रहरीले आफ्रूलाई मानसिक एवं शारिरीक यातानासमेत दिएको पीडित उनले बताइन् । अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस