सचेत विधार्थी समुह पश्चिमाञ्चल क्याम्पसले गर्याे सरकार विरुद्ध दवावमुलक कार्यक्रम

  • अनलाइन केन्द्र
  • / बैंक/वित्त /
  • २०७६ मंसिर २१, शनिबार (५ साल अघि)
  • ३८ पटक पढिएको
Post Thumbnail

मङ्सिर २१, पोखरा । सचेत विधार्थी समुह पश्चिमाञ्चल क्याम्पसले सत्य र न्यायको जितको लागि सरकार विरुद्ध २०७६/०८/२० गते दवावमुलक कार्यक्रम गरेको छ । अन्यायको झण्डै ५०० दिन पूरा हुन लागिसक्दा पनि न्यायका निम्ति सरकारले कुनै चासो नदेखाएको कारण बृहत् दवाव एवम् बलात्कृत चेलीहरुको चिरशान्तिको कामना गर्दै उक्त कार्यक्रम गरिएको हो ।

विगत एक वर्ष भन्दा लामो समय देखि निर्मला पन्तको हत्या प्रकरणबारे सडकदेखि सदनसम्म चर्को आवाज उठिसकेको छ । सडक आन्दोलनदेखि चरणबद्ध संघर्षका कार्यक्रम गरिए, रिले अनसनदेखि हरेक क्षेत्रबाट सरकारको ध्यानाकर्षण गराइसकिएको छ । तर न निर्मलाका हत्यारा पत्ता लागे, न त निर्मलाले न्याय पाइन् ।

पश्चिमाञ्चल क्यामपसमा सदैव सत्य एवम् न्यायको पक्षमा आवाज उठाउँदै आएको सचेत विधार्थी समुहले यस अघि पनि पटक पटक दबाब सहित न्यायको माग गर्दै कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा डा. वसन्त गौतम, सुन्दर भण्डारी, सागर अधिकारी, रश्मि भट्टराई र नितेश रिसालले आफ्नो विचार प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रम संचालन गोविन्द अर्यालले गर्नु भएको थियो ।

अब हामी मौन रहने समय छैन, यदि यो घटना सेलायो भने तथाकथित भलादमी बलात्कारीहरुले नारीहरुको इज्जत लुट्ने लाइसेन्स प्राप्त गर्नेछन्। तसर्थ अब हामी विधार्थी, शिक्षक एवम् अन्य पेशेवर सबै मिलेर बृहत् जनदबाब सिर्जना गर्दै मान्यगणका संरक्षणमा रहेका अपराधीहरुलाई चाँडै नै उचित सजाय दिएर निर्मला जस्ता कयौँ निर्मलाहरुका निम्ति न्यायको आभास दिलाउनु पर्ने कुरा कार्यक्रमका संयोजक नितेश रिसालले बताउनु भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस