विश्व हिन्दू महासंघका अध्यक्ष सिंहको उपचारका क्रममा निधन

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ श्रावण ६, आईतबार (६ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

साउन ६,काठमाडौँ । विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष भरतकेशर सिंहको उपचारका क्रममा ८२ वर्षका उमेरमा आज बिहान स्थानीय बयोधा अस्पतालमा निधन भएको छ ।

सिंह दोस्रो कार्यकालका लागि महासंघको अध्यक्ष थिए । नेपाली सेनाका पूर्वउपरथी सिंहले शाही पाश्र्ववर्तीका रुपमा समेत काम गरेका थिए । पिसाबसम्बन्धी रोगका कारण अस्पताल भर्ना गरिएकामा उनलाई निमोनिया रोग पनि देखिएको थियो । उहाँको निधन भने हृदयाघातका कारण भएको महासंघका महासचिव अस्मिता भण्डारीले राससलाई जानकारी दिए ।

सिंहको शव अन्तिम श्रद्धाञ्जलिका लागि अहिले पशुपति वनकालीस्थित हंसमण्डपमा राखिएको छ । उनका तीन छोरा छन । स्व सिंहको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस