कर्नाटकमा भाजपाको सरकार : ७५ वर्षीय येदियुरप्पा मुख्यमन्त्री

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ जेष्ठ ३, बिहिबार (६ साल अघि)
  • ३७ पटक पढिएको
Post Thumbnail

जेठ ३,काठमाडौँ । भारतको दक्षिणी राज्य कर्नाटकमा भारतीय जनता पार्टीले सरकार बनाएको छ । बिहीबार बिहान ७५ वर्षीय बिएस येदियुरप्पाले मुख्यमन्त्रीको सपथ लिएका छन् ।

यदियुरप्पाले १५ दिनभित्र विधानसभामा आफ्नो पक्षमा बहुमत देखाउनु पर्नेछ । वैशाख २९ गते विधान सभाका २२४ मध्ये २२२ मा मतदान भएको थियो । सो चुनावमा भाजपाले १०४, कंग्रेसको ७८ र जनता दल (सेक्युलर) ले ३७ सिट जितेका थिए । अन्य दल तथा स्वतन्त्रले तीन सिट जितेका छन् ।

सरकार बनाउन ११२ सिटको आवश्यक पर्छ। भाजपासँग बहुमत नभए पनि ठूलो पार्टीको हैसियतले सरकार बनाएको हो । कंग्रेस आई र जेडिएसले गए राति सर्वोच्च अदालतमा उजुरी दिएका थिए ।
मध्यरात मै अदालतमा सुनुवाइ भए पनि येदियुरप्पालाई सपथ लिनबाट रोक्न अन्तरिम आदेश जारी नभएका कारण राज्यपालले बिहीबार उनलाई सपथ गराएको हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस