पाँच वर्षमै मागभन्दा ३ हजार मेगावाट बढी हुने भयो विजुली

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ मंसिर २२, आईतबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर २२, काठमाडौं । माग र आपूर्तीको प्रक्षेपणका आधारमा पाँच वर्षपछि ३ हजार १४ मेगावाट विद्युत् बढी हुने देखिएको छ।

हालको विद्युत् माग, उत्पादन र आपूर्तिको विश्लेषण गर्दा यस्तो अवस्था देखिएको खबर आजको कारोबार दैनिकमा खबर छ । सन् २०२४ मा विद्युत् उत्पादन ६७१७ मेगावाट पुग्ने छ भने यसमा ३०१३ मेगावाट मात्र सरप्लस हुनेछ।

तथ्यांकअनुसार सन् २०२४ भित्र सरकारी र सरकारको सहायक कम्पनीमार्फत् ९०७ मेगावाट र निजी क्षेत्रबाट ५४८३ मेगावाट विद्युत् उत्पादन हुनेछ।

चालू आवमै नेपालमा ११ सय मेगावाट विद्युत् थप हुँदैछ।

ताजा अपडेट

खोजी गर्नुहोस