‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ नारासहित छोरी बैंक खाता, सरकारबाट मासिक पाँच सय

  • अनलाइन केन्द्र
  • / कर्पोरेट /
  • २०७६ मंसिर २२, आईतबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर २२, सुर्खेत । कर्णाली प्रदेश सरकारले छोरीको बैंक खाता खोल्ने प्रक्रिया सुरु गरेको छ । छोरीलाई कम्तीमा माध्यमिक तहसम्मको अध्ययन ग्यारेन्टीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले छोरीलाई बैंक खाता कार्यक्रम ल्याएको हो।

चालू आर्थिक वर्षको साउनदेखि कर्णालीमा जन्मेका छोरीहरूका लागि ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ नाम दिइएको यो कार्यक्रम लागू हुने बताइएको छ ।

कार्यक्रमअन्तर्गत पहिलो महिना एक हजार र दोस्रो महिनादेखि २० वर्षसम्म मासिक पाँच सय रूपैयाँका दरले प्रदेश सरकारले छोरीको बैंक खातामा रकम जम्मा गरिदिनेछ । यस हिसाबले छोरी २० वर्ष पुग्दा एक लाख २० हजार पाँच सय रूपैयाँ जम्मा हुन आउँछ ।

छोरीलाई बैंक खाता कार्यक्रममा सहभागी गराउन अभिभावकले तीनवटा मुख्य सर्त पालना गर्नुपर्ने हुन्छ। छोरीलाई कम्तीमा माध्यमिक तह उत्तीर्ण गराउने, प्रचलिन कानुनको अधीनमा रहेर छोरीको उमेर २० वर्ष नभएसम्म विवाह नगराउने र छोरीछोरीबीच लालनपालन, हेरचाह र संरक्षणमा कुनै असमान व्यवहार नगर्ने प्रतिबद्धता अभिभावकले जनाएपछि मात्रै यो कार्यक्रममा सहभागी हुन पाइन्छ । नागरिक दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस