१३ औं साग: आज १५ खेलमा प्रतिस्पर्धा हुँदै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ मंसिर २२, आईतबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

मंसिर २२, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा आज (आइतबार) विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

फुटबलतर्फ आइतबार नेपाली पुरुष टोलीले बंगलादेशको सामना गर्दैछ । नेपाल र बंगलादेशबीचको विजेताले फाइनलको यात्रा तय गर्ने छन् । खेल दशरथ रंगशालामा बेलुका ५ बजे शुरु हुनेछ । भुटान यस अघि नै इतिहास रच्दै पहिलोपटक फाइनल पुगिसकेको छ ।

आइतबार क्रिकेटतर्फ महिला क्रिकेटमा स्वर्ण पदकको लागि टेष्ट राष्ट्र श्रीलंका र बंगलादेश भिड्दै छन् । यस्तै, लिग चरणको अन्तिम खेलमा टीयू क्रिकेट मैदानमा हुने पुरुष क्रिकेटमा टेष्ट राष्ट्र श्रीलंका यू-२३ र बंगलादेश यू-२३ बीच प्रतिस्पर्धा हुनेछ । महिलामा नेपालले कास्य पदक जितेको छ भने पुरुषतर्फ नेपाल बाहिरीसकेको छ ।

पोखरामा हुने भारोत्तोलनमा आइतबार पनि विभिन्न स्पर्धा हुनेछ ।

नेपालले महिलातर्फको ह्याण्डबलमा स्वर्णको लागि आइतबार भारतसँग खेल्दैछ । पुरुषतर्फ भारतले पाकिस्तानको सामना गर्ने छ ।

बास्केटबलमा आइतबार लिग चरणअन्र्तगत नेपालले पुरुषमा माल्दिभ्ससँग खेल्ने छन् । महिलामा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

पौडीमा आइतबार पनि विभिन्न इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । आइतबार फेन्सिङ, टेनिस, आर्चरी, स्क्वासको विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुँदैछ ।

साग अन्तर्गत ७ स्वर्णका लागि जुडोको खेल आइतबारबाट सुरु हुँदैछ । जनकपुरमा हुने कुस्ति खेल आइतबार पनि हुनेछ ।

त्यस्तै, सागमा आज सुटिङ, बक्सिङका खेल पनि हुनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस