राष्ट्र बैंकले २ अर्ब २६ करोडको ट्रेजरी बिल बिक्री गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ मंसिर २२, आईतबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर २२, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार रु. दुई अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको उक्त ट्रेजरी बिल आगामी फागुन २७ गते परिपक्व हुनेछ । बैंकले यही मङ्सिर १६ गते पनि ९१ दिने अवधिको रु. तीन अर्ब १३ करोड मूल्य बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । रासस

ताजा अपडेट

खोजी गर्नुहोस