चक्रपथभित्रका सडकमा भोली बिजोर गाडी चल्न नपाउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ मंसिर २३, सोमबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर २३,काठमाडौँ । १३ औँ दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताको समापनका दिन मंगलबार ट्राफिक व्यवस्थापन सहज बनाउन सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ ।

उद्घाटनका दिन बिजोर नम्बरका सवारी मात्रै सञ्चालन गरिएकाले समापनका दिन रिङरोड भित्रका सडकमा जोर नम्बरका सवारी मात्रै चलाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ ।

यसका साथै ठूला मालवाकह सवारी साधन रिङरोडभित्रको सडकमा प्रवेश नगराउन पनि उसले आग्रह गरेको छ ।

दशरथ रंगशालामा समापनको कार्यक्रम हुने भएकाले सकभर त्यसआसपासको सडक प्रयोग नगर्न पनि ट्राफिक प्रहरी महाशाखाले सबैमा अनुरोध गरेको छ ।

समापनका दिन सकेसम्म सवारी साधन नै ननिकाल्न र निकाल्नै पर्ने भए वैकल्पिक मार्गको प्रयोग गर्न पनि उसले सुझाव दिएको छ ।

समापनका बेला रंगशालामा हुने कार्यक्रम हेर्न आउने सर्वसाधारणको सवारी टुंडिखेलमा पार्किङ गरेर राख्नु पर्ने व्यवस्था मिलाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस