रोजगारीका लागि नेपाल आउने विदेशी कामदार बढे, कति आए?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ मंसिर २३, सोमबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर २३, काठमाडौं । नेपालमा सिमेन्ट उद्योग र हाइड्रोपावर कम्पनीमा लगानी बढेसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्यासमेत बढ्दै गएको छ।

श्रम ऐनमा ५ प्रतिशत मात्र विदेशी कामदार राख्न सकिने प्रावधान भए पनि परियोजना थपिएसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या बढेको हो।

गत वर्षको ६ महिनाको तुलनामा यो वर्ष रोजगारीका लागि नेपाल आउने विदशीको संख्या १४ प्रतिशतका दरले बढेर १ हजार ४८३ पुगेको छ। यो खबर आजको कारोबार दैनिकमा छ।

अघिल्लो वर्षको तथ्यांकअनुसार वैशाखदेखि असोजसम्म नेपाल आउने विदेशी कामदारको संख्या भने १ हजार ३०५ थियो।

ताजा अपडेट

खोजी गर्नुहोस