समयसमयमा सार्वजनिक स्थलमा अश्लिल हर्कत देखाउँदा प्रहरीले गिरफ्तार गरेको घटना आइरहन्छन् ।
कहिले बसमा त कहिले एयरप्लेनमा, यस्ता घटना भइरहेका छन् । हालै मात्र यस्तै अर्को घटना सार्वजनिक भएको छ ।
बसभित्रै चुम्बन गरिरहेका एक प्रेम जोडीको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो घटना दिल्लीको हो ।
दिल्ली मेट्रोमा एक प्रेम जोडी एकआपसमा चुम्बनमा रमाइरहेको देख्न सकिन्छ । भिडियो सोही मेट्रोमा रहेकामध्ये अन्यले बनाएका हुन् ।
अहिले स्थानीय प्रहरीले ती प्रेम जोडीविरुद्ध मुद्धा दर्ता गरेको बताइएको छ ।