विधान संशोधन गरेर गौतमलाई उपाध्यक्ष बनाउँदै नेकपा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ मंसिर २४, मंगलबार (४ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

मंसिर २४, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को करिब एक वर्षपछि स्थायी कमिटी बैठक बैठक बस्ने भएको छ ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको पार्टी सचिवालय बैठकले स्थायी कमिटीको बैठक २९ मंसिरमा तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकले पार्टी उपाध्यक्षको पद थप गर्नेलगायतका निर्णय गर्नेछ ।

सचिवालय बैठकले गत साउनमा विधान संशोधन गरेर वामदेव गौतमलाई उपाध्यक्ष बनाउने तयारी गरे पनि स्थायी कमिटी बैठकले उनलाई उपाध्यक्ष बनाउने वा नबनाउने भन्नेबारे अनिश्चित रहेको छ। सोमबारको बैठकले विधान संशोधन प्रस्ताव गरी विधानमा उपाध्यक्ष पद सिर्जना गरी मंसिर २९ को स्थायी कमिटी बैठकमा पेस गर्ने भएको छ ।

‘विधान संशोधनको प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय भएको छ,’ सचिवालयको बैठकपछि पार्टी प्रवक्ता श्रेष्ठले भने। सचिवालय बैठकले यसभन्दा अगाडि बसेको स्थायी कमिटीको निर्देशन मान्दै पार्टी विधानमा केही संशोधनसमेत गरेको छ।

यसअघि पार्टीको विधानमै नभएको पद सिर्जना गरेर गौतमलाई उपाध्यक्ष बनाउन खोजिएको भन्दै नेकपाभित्र आलोचना भएको थियो। नागरिक दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस