५० हजार घुससहित सई र प्रहरी जवान पक्राउ

  • अनलाइन केन्द्र
  • / रोजगार /
  • २०७६ मंसिर २५, बुधबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

मंसिर २५, सर्लाही । सर्लाहीको त्रिभुवन नगर प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई)राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादव घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले ५० हजार रुपैयाँ घुससहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरी नायब निरीक्षक राजेशकुमार सिंहलाई कार्यालयबाटै र प्रहरी जवान मनोजकुमार यादवलाई सर्लाहीको ब्रहृमपुरी गाउँपालिका वडा नं. ४ स्थित सगरमाथा बोर्डिङ स्कुलको प्रांगणबाट रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

उनीहरुले भारतीय सीमाबाट नेपालतर्फ घरायसी सामान भित्राउन सहज गराइदिने भनी सेवाग्राहीसँग घुस लिने गरेको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार प्रहरी नायब निरीक्षक सिंहले घुस रकम लिन घुमुवा प्रहरी जवान यादवलाई पठाएको भन्ने सूचनाको आधारमा अख्तियारको टोली परिचालित भएको थियो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस