आलिया एसियाकै र दीपिका दशककै सबैभन्दा बढी सेक्सी महिला

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ मंसिर २७, शुक्रबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

मंसिर २७, काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट सन् २०१९ को एसियाकै सबैभन्दा बढी सेक्सी महिलाको रूपमा छनौट भएकी छन् ।

सन् २०१८ मा यो सूचीमा पहिलो स्थानमा रहेकी दीपिका पादुकोणले यो पटक दोस्रो स्थान हासिल गरेकी छन् । दोस्रो भएपनि दीपिकाले दशककी सबैभन्दा सेक्सी महिलाको ताज भने आफ्नो पोल्टामा पारेकी छन् ।

बुधवार लन्डनको ‘इस्टर्न आई’ साप्ताहिकले अन्लाइन भोटिङ गर्दा यी दुई अभिनेत्रीले शीर्ष स्थान हासिल गरे । आलियाले आफ्नो पक्षमा भएको भोटिङ र एसियाकै सबैभन्दा सेक्सी महिलाको सूचीमा समावेश भएकोमा खुशी व्यक्त गरिन् ।

एसियाको सबैभन्दा सेक्सी महिलाको यो सूचीमा टेलिभिजनकी कलाकार हिना खान तेस्रो र माहिरा खान चौथो स्थानमा छिन् ।

माहिराले लगातार पाँचौं वर्षसम्म सबैभन्दा सेक्सी पाकिस्तानी महिलाको उपाधि जितेकी छन् । यो वर्षको शीर्ष दशमा सुरभी चन्दना पाँचौं, कट्रिना कैफ छैटौं, शिवांगी जोशी सातौं, निया शर्मा आठौं, मेहविश हयात नवौं र प्रियंका चोपडा दशौं स्थानमा छन् । अन्नपूर्ण पोस्टमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस