मंसिर २७, काठमाडौं । प्रसिद्ध अमेरिकी फिल्म समीक्षक टड मेकार्थीले दशकको टप टेन हलिउड फिल्मको सूची सार्वजनिक गरेका छन् ।
उनले सन् २०१० मा रिलिज भएको ‘कार्लोस’ फिल्मलाई दशकको सर्वोत्कृष्ट फिल्म भनेका छन् । यसमा ‘द सोसल नेटवर्क’, ‘ब्रुक्लिन’ फिल्म पनि परेका छन् ।
टप टेनमा परेका अन्य फिल्ममा ‘इन्सइड लेविस डेविस’, ‘ओन्ली लवर्स लेफ् अनलाइव’, ‘द ह्यान्डमैडन’, ‘लेवियाथन’, ‘वन्स अपन ए टाक्ष्म इन हलिउड’, ‘मेड मैक्सफ्युरी रोड’, ‘द गेटकिपर्स’ छन् ।
‘कार्लोस’ फिल्म भेनेजुएलाका क्रान्तिकारी इलिच रामिरेज सान्चेजको जीवनमा आधारित छ ।
‘द सोसल नेटवर्क’ फिल्म फेसबूकका संस्थापक मार्क जुकरबर्ग तथा सामाजिक सञ्जालमा उनको संघर्षको कथा छ । यसले तीन विधामा ओस्कर अवार्ड पाएको थियो ।
सन् २०१५ मा प्रदर्शित ‘ब्रुक्लिन’ फिल्मले एक आइरिस प्रवासी महिलाको कथा समेटेको छ । यसले पनि तीन विधामा ओस्कर अवार्ड हात पारेको थियो । अन्नपूर्ण पोस्टमा खबर छ ।