जुविलेन्ट कलेजमा वेलकम एण्ड फेयरवेल कार्यक्रम सम्पन्न

Post Thumbnail

मंसिर २८,काठमाडौँ । जुविलेन्ट कलेजले आफ्ना नव अगुन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा कक्षा १२ पास भएका विद्यार्थीलाई विदाई गरेको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा सो कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल ऋषी न्यौपानेले कलेजका नयाँ विद्यार्थीलाई सकारात्मक सोच लिएर आफ्नो अध्ययनलाई अघि बढाउन आग्रह गरे । उनले जुविलेन्टमा शान्त,पारिवारिक र अनुशासित वातावरणमा अध्ययन अध्यापन गराईने भन्दै भविष्यको सुन्दर कल्पनालाई यथार्थमा परिणत गराउन कलेजले विभिन्न क्रियाकलाप गर्ने बताए ।

कार्यक्रममा कलेजका अध्यक्ष होमनाथ लुइटेलले अनुशासित विद्यार्थीले मात्रै आफ्नो लक्ष्य पुरा गर्ने बताउदै विद्यार्थीले मेहनेत र परिश्रम गरेर भावी दिनमा राज्यको एक असल र सक्षम व्यक्ति बन्नुपर्ने बताए । कार्यक्रममा विद्यार्थीले विभिन्न किसिमका आफ्ना प्रस्तुती दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस