जिपी कोइराला फाउण्डेसनद्धारा समाजसेवी जगत लामा सम्मानित

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ मंसिर २९, आईतबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

मंसिर २९,नुवाकोट । गिरिजाप्रसाद कोइराला फाउण्डेसन नुवाकोटद्धारा शनिबार राजधानीमा आयोजना गरिएको बिशेष कार्यक्रममा सामाजिक अभियन्ता जगत गुरुङ्ग सम्मानित भएका छन् । फाउण्डेसनले सामाजिक अभियन्ता जगत लामासहित पत्रकार रबिन प्रसाद थपलिया, मोहन लम्साल र बलराम न्यौपाने,अनन्तराम केसी,दक्षिण एसियाली खेल सागमा नुवाकोट जिल्लाबाट पदक बिजेता खेलाडी, प्रशिक्षक तथा समाजमा बिभिन्न योग्दान दिने व्यक्तित्वहरुलाई सम्मान गरेको थियो।

कराँतेमा स्वर्ण पदक बिजेता अनु अधिकारी, साइक्लिीङमा स्वर्ण पदक बिजेता लक्ष्मी मगर, तेक्वान्दोमा रजत पदक बिजेता कृष्ण बहादुर तामाङ, उसुमा रजत बिजेता मिना लामा, भारातोलनमा रजत पदक बिजेता अस्मीता राई, जुडोमा रजत पदक बिजेता संजित डंगोल, तेक्वान्दोमा कास्य पदक बिजेता रेजीना रिमाल, कराँतेमा कास्य बिजेता रोजिन पुडासैनी, प्रशिक्षक संगिना बैध र खेलाडी दिनेश महतलाई सम्मान गरिएको छ ।

कार्यक्रममा अध्यक्ष रमेश कुमार पाठकले दुई लाख एक हजार राशिको गिरिजाप्रसाद कोइराला कल्याणकारी कोष र पत्रकारीतामा विशेष योगदान दिने दुईजना पत्रकारहरुलाई बार्षिक जनही १०/१० हजार राशिको गिरिजाप्रसाद कोइराला पत्रकारीता पुरस्कारको घोषणा गरे ।

कार्यक्रममा दुवै मृगौला फेल भएकी नुवाकोटको सुर्यगढी गाँउपालीका ४ की राधिका ओझालाई विभिन्न व्यक्तिहरुद्धारा प्राप्त झण्डै १ लाख ४२ हजार रुपयाँ बराबरको आर्थिक सहयोग समेत प्रदान गरियो ।

कार्यक्रममा बोल्दै पुर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. राशरण महतले स्व. गिरिजाप्रसाद कोइरालाले लोकतन्त्रको विकास र आर्थीक उन्नतीको सुरुवातमा गरेको योग्दान अतुलनीय रहेको बताँउदै कोइरालाले कोरेको समृद्धिको गोरेटोमा नेपाल हिडिरहेको बताए।

आवश्यक पर्दामा जस्तो सुकै त्याग र जुनसुकै कठिन बाटो हिडन पनि पछि नपर्ने स्व गिरिजाप्रसाद कोइरालाको आर्दशनै लोकतन्त्रको मार्ग रहेको बताए।

कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले राष्ट्रियताको नारा लगाउने ओली सरकारले सिमा मिच्चिदा समेत सिन्को नभाँचेको आरोप लगाए ।
सिमाको बिषयमा सत्तापक्ष र प्रतिपक्ष सवैको एउटै मत भएपनि ओली सरकार भारत सामु झुकेको आरोप लगाँउदै महतले मिठा भाषण दिनेहरुले काम गदैनन भन्ने ओली सरकारले प्रमाणीत गरेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद बहादुर सिंह लामाले तात्कालीन द्धन्दरत माओबादीलाई शान्ति प्रकृयामा ल्याउने क्रममा गिरिजाप्रसाद कोइरालले गरेको योगदान इतिहाँसमा स्वर्णअक्षरमा लेखिएको बताँउदै कोइराला महापुरुष भएको बताए ।

कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले नेपाललाई द्धन्दबाट शान्तिमा ल्याउन स्व कोइरालाको ठुलो देन रहेको बताँउदै नेपाली आन्दोलन र नेपाली काँग्रेसको संगठन बिस्तारमा गिरिजाप्रसाद कोइरालाको योग्दान महत्वपुर्ण रहेको बताए ।

जिल्ला समन्वय समिति नुवाकोटका सभापति सन्तमान तामाङले गिरिजाप्रसाद कोइराला नेपाली काँग्रेसको मात्र नभई सवैको साझा नेता भएको बताँउदै उनले देखाएको बाटोमा काँग्रेस हिडनुपर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस