मंसिर ३०,चित्लाङ । चित्लाङ रिसोर्ट प्रालीले नेपाल भ्रमण वर्ष २०२०लाई लक्षित गरी ‘क्वाड’ बाइक नेपाल भित्राएको छ। रिसोर्टका सञ्चालक देवेन्द्र नेपालले पर्यटकलाई चित्लाङमा आकर्षित गर्नको लागि बाइक भित्राएको बताएको अनलाईन केन्द्रलाई बताए । उनले अनलाईन केन्द्रसँग भने क्वाड बाईकमार्फत पर्यटकलाई आर्कषित गरी मनोरञ्जन प्रदान गर्ने मेरा चाहना हो ।’
उनले हाल ५ ओटा ‘क्वाड’ बाईक भित्र्याएका छन । ‘पर्यटकलाई आकर्षण गर्नको लागि हाम्रो पहिलो प्रयास हो। यस्ता आकर्षक योजना अरु पनि आउँछन्,’ उनले भने। नेपालले भने–’पर्यटकलाई कसरी धेरै लामो समय चित्लाङमा टिकाउने र कसरी उनिहरुलार्य मनोरञ्जन दिने भन्नेमा मेरा्े ध्यान केन्द्रित छ ।’ ‘अब चित्लाङमा आएर पर्यटकले के गर्ने होला ? भन्ने विषयमा धेरै सोच्न नपरोस्’ उनले थपे–’यो त सुरुवात हो, यी र यस्ता थुप्रै क्रियाकलापहरु थप्दै जाने हाम्रो योजना छ ।’
नेपालमा खरिद गर्न नपाईने क्वाड बाईक उनले एक्लो प्रयासबाट चीनबाट भित्र्याएका हुन ‘मलाई जानकारी भएसम्म नेपालमा कसैले पनि यो बाईक भित्राएको छैन। हामीले नै पहिलो पटक नेपाल ल्याएको हो।’
क्वाड बाइकको ३ किमी रुट
क्वाड बाइक आइतबारबाटै सञ्चालनमा आएको छ। ‘विदेशमा मरुभुमीमा कुदाउने भएपनि हामीले यहाँ अफ रोडमा सञ्चालन गर्दैछौं। रिसोर्ट नजिकै जंगल छ त्यहिबाटोमा ३ किमीको रुट प्रयोगमा ल्याएका छौं।’
चित्लाङ गाउँमा अहिले डेढ दर्जन होम स्टे, ४ वटा रिसोर्ट, होटल, रेष्टुरेन्ट र लजहरु समेत खुलिसकेका छन् । सातामा सयौं आन्तरिक र बाह्य पर्यटक चित्लाङ घुम्न पुग्छन्, रमाउँछन्, अनि फर्कन्छन् । अनि आहा क्या ‘स्वर्ग’ जस्तै ठाउँ भनेर फर्कन्छन् ।
चित्लाङको प्राकृतिक सुन्दरता नै लोभ्याउने खालकै छ । चन्द्रागिरिको काखमा हरियो जंगलले घेरेको उपत्यका, स्वच्छ, मनोरम अनि शान्त छ । नजिकै इन्द्र सरोवर ताल हुनुले पनि फाईदा पु र्याएकै छ । बाह्रै महिना चिसो मौसम, क्याम्प फायर, स्थानीयले नै उत्पादन गरेका ताजा तरकारी र स्वादिष्ट खानेकुरा यहाँका मुख्य आकर्षक हुन् ।
चित्लाङ ‘पर्यटकीय गाउँ’
सरकारले चित्लाङलाई ‘पर्यटकीय गाउँ’ भनेर घोषणा समेत गरिसकेको छ । ‘चित्लाङ पर्यटनका पिता’को रुपमा परिचित उनै देवेन्द्र नेपालले भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा पर्यटकका लागि अर्को कोशेलीको रुपमा ल्याएका हुन ।
यतिमात्रै होईन नेपाल चित्लाङमा पर्यटन हब बनाउनको लागि सक्रिय छन्। उनले चित्लाङ ग्रामिण पर्यटनको उचाइमा पुगेको बताएका छन्। ‘बस्नको लागि होटेल बन्ने क्रममा छ, होम स्टेहरु छन् आकर्षणको लागि विभिन्न सुविधा ल्याउने क्रममा यो पहिलो हो’ उनले भने, ‘अहिले सम्म पर्यटक चित्लाङ आउने क्याम्प फायरिङ गर्ने, केहि ठाउँ घुमेर फर्कने मात्रै थियो भने अव नयाँ मनोरञ्जनको साधन थपिएको उनले बताएका छन्। ‘यसले पर्यटकलाई चिल्लाङमा बसाईको अवधि थपिन सक्छ।’