पद तथा गोपनियताको शपथ लिँदै सांसद विद्या भट्टराई

  • अनलाइन केन्द्र
  • / बैंक/वित्त /
  • २०७६ पौष १, मंगलबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

पुष १, कास्की ।  उपचुनावबाट प्रतिनिधि सभाको सांसद पदको लागि चुनिएकी विद्या भट्टराईले आज पद तथा गोपनियताको शपथ लिँदै छिन् ।

उनलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसदको कृषि तथा प्राकृतिक स्रोत साधन समितिको सभाहलमा दिउँसो १ बजे शपथ ग्रहण गराउने भएकी हुन् । सभामुख नभएको अवस्थामा उपसभामुख तुम्बाहाम्फेले विद्यालाई सपथ ग्रहण गराउन लागेकि हुन् ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको हेलीकोप्टर दुर्घटनामा निधन भएपछि विद्याले कास्की २ बाट उपचुनावमा सांसद पदको लागि उम्मेदवारी दिएकि थिइन् ।

उपचुनावमा भट्टराईले नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार ४ सय ३ मतले पराजित गरेकि थिइन् । भट्टराईले २४ हजार ३ सय ९४ मत प्राप्त गर्दा पौडेलले १५ हजार ९ सय ९१ मत प्राप्त गरेकि थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस