महजोडीद्धारा ‘नेपालीको लागी सय दिन’ अभियान सुरु

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ पौष २, बुधबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस २,काठमाडौँ । बरिष्ठ कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरीबंश आचार्यले ‘नेपालीको लागी सय दिन’ अभियान सुरु गरेका छन । कलाकारद्धयले मुलुकमा उत्पादित सामानको उच्चतम प्रयोग र विदेशी सामानलाई विस्थापित गर्ने उपायसमेत अभियानमा सुझाएका छन ।

मंगलबार आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै कलाकार आचार्यले नेपालीको लागी सय दिन अभियान सुरु भएको बताउदै भनेका छन– बिदेसी उत्पादनहरुको खपत घटाऔँ। ‘पार्ली जी’ को सट्टा ‘नेबिको’, ‘म्यागी’ को सट्टा ‘रारा’ र स्याम्पु, दन्त मंजन् लगायत विलासी सामग्री सकेसम्म स्वदेशी, नभए अन्य मित्र राष्ट्रका प्रयोग गरौँ। महँगो भए मितव्ययी होऔँ। लहराँउदो केश, टल्किएको दाँत र बासना आउने शरिर ( निहुरिएको शिर भन्दा महत्वपूर्ण हुँदैन।

उनले नेपाली गरिब भएपनि लाचार नभएको बताउदै भनेका छन–बिदेशको हेपाहा प्रवृति बिरुध्द हामी सामान्य नागरिक सीमामा गएर उभिन नसकौँला तर यो आक्रोशलाई शक्तिमा बदल्दै हामीले आत्मसम्मानको लडाँई लड्नुपर्छ। उनले सो अभियानमा सबै नेपाली एक भएर लाग्नुपर्नेमा जोड गरेका छन ।

कलाकार आचार्यको फेसबुक स्टाटस जस्ताको त्यस्तै :

याद गरौँ – हामी गरिब छौँ । तर लाचार होईनौँ। हामी कमजोर छौँ। तर कायर होईनौँ। जसरी ५१ स्वर्ण जित्दा हाम्रो छाती गर्वले फुल्छ। सुस्ता र कालापानीमा हाम्रो सीमा मिचिँदा हाम्रो छाती कुँडिनु पर्छ। बिदेशको हेपाहा प्रवृति बिरुध्द हामी सामान्य नागरिक सीमामा गएर उभिन नसकौँला तर यो आक्रोशलाई शक्तिमा बदल्दै हामीले आत्मसम्मानको लडाँई लड्नुपर्छ।

1. आजै देखि induction चुल्हो, electric केट्लि र electric geyser को प्रयोग बिस्तारै बढाऔँ। बिद्युतमा आत्मनिर्भर हुँदै पेट्रोलियम पदार्थमा भारत माथि निर्भर हुन छाडौँ। बिद्युतीय उपकरणको प्रयोग फाईदाजनक पनि छ।

2. बिदेसी चलचित्रहरु पैसा र समय खर्च गरि गरि नहेरौँ। त्यसले तपाँईको वा तपाँईको सन्तानको ब्यक्तित्व बिकास हुने पनि होईन। सोहि रकम जोहो गरि आफ्नो शहर बजार वरिपरिका रमणीय स्थलमा वनभोज जाऔँ। आन्तरिक पर्यटन प्रवर्द्धन गरौँ। वा खेलकुद प्रतियोगिताहरु (शहिद स्मारक लिग, पोखरा प्रीमियर लिग आदि) अवलोकन गरि नेपाली खेलाडिहरुको हौसला बढाऔँ। ‘सलमान खान’ हरु सँग होईन आफ्नाे परिवार र प्रियजनहरुसँग समय बिताऔँ। खुशी साटौँ।

3. बिदेसी उत्पादनहरुको खपत घटाऔँ। ‘पार्ली जी’ को सट्टा ‘नेबिको’, ‘म्यागी’ को सट्टा ‘रारा’ र स्याम्पु, दन्त मंजन् लगायत विलासी सामग्री सकेसम्म स्वदेशी, नभए अन्य मित्र राष्ट्रका प्रयोग गरौँ। महँगो भए मितव्ययी होऔँ। लहराँउदो केश, टल्किएको दाँत र बासना आउने शरिर – निहुरिएको शिर भन्दा महत्वपूर्ण हुँदैन।

4. आफ्नो आँगन वा कौशीहरुमा सानै परिमाणमा भएपनि तरकारिजन्य खेती गरौँ। लाखौँ घर परिवार यो अभियानमा जोडियौँ भने करोडौँ रुपैयाँ जोगिन्छ। तरकारि खेतीले तपाँईको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पनि पार्नेछ।

हामीले घर बसेरै गर्न सक्ने यी कुराहरु गर्र्यौँ भने हाम्रै अर्थतन्त्रमा सकारात्मक योगदान गर्न सक्नेछौँ। बिदेसिलाई सोच्न बाध्य बनाउन सक्नेछौँ। हामीले दूख गरि कमाएको पैसा वा हाम्रा आफन्तजनले बिदेशमा रगत पसिना बगाई नेपाल पठाएको पैसा पुनः बिदेशमै जान रोक्न सक्नेछौँ। बिदेशीएका लाखौँ आफन्तजन र आफ्ना दूखहरु सम्झिऔँ। कफिनमा फर्किएका लाशहरु प्रति वफादार होऔँ।

आजै देखि न्यूनतम सय दिनको लागि यो अभियानमा सहभागी बनौँ। सोच बदलौँ। देश बदलौँ। गरिब होईन धनी बनौँ। कमजोर होईन शक्तिशाली बनौँ। किनकि याद गरौँ – हामी गरिब छौँ लाचार हौईनौ। कमजोर छौँ तर कायर होइनौ।

ताजा अपडेट

खोजी गर्नुहोस