धुनिवेशी नगरपालिकाको सम्पुर्ण नगरवासी महानुुभावहरुमा हार्दिक अपिल

Post Thumbnail

१. सडक र नालीमा थुप्रीएको फोहरबाट यस नगर क्षेत्रमा चारैतिर दुुर्गन्ध फैलिएकोले जहांँतही फोहर नफालौं । अफ्नो घर अगाडिको नाला आफैले सफागरौं रोगलाग्नबाट आफु पनि बचौं र अरुलाइ पनि बचाऔँ

२. सकेसम्म फोहर नगरौं आफुले गरेको फोहर आफैले व्यवस्थापन गरौं गराऔं ।

३. बाटो,नाला,चोक,गल्ली जताततै फोहर हुंदा घरको सुन्दरता,पानीको निकास,र घुमफिर गर्ने ठाउँं समेत दुर्गन्धित हुने हुनाले सरसफाइमा सचेतता अपनाऔंं । सभ्य बनौं सभ्यताको परिचय दिउंँ ।

४. भान्छाबाट निस्कने कुहिने खालका वस्तुुहरु घरको एउटा कुरामा खाल्टो खनेर राखौं ,नकुहिने वस्तुहरुमात्र फोहरको रुपमा घर भित्रै संकलन गर्ने बानी वसालौं ।

५. कपडाको झोला तयार गरी सोही झोलामा बजारबाट मालसामान ल्याउने कामको शुरुवात गरेर जहांतहीं ल्पलाष्टिकका झोलाहरु छरिनबाट जोगाउंँ ।

६. वजारबाट सामान ल्याएका ल्पाष्टिकका झोला घरभित्रै संकलन गरी राख्ने वानी वसाली केही दिन पछि त्यस्ता संकलित झोला पसलमा नै फिर्तागर्ने बानी वसालौं ।

७. सार्वजनिक स्थल, धार्मिक स्थल तथा मन्दिर,पोखरी,पर्यटकीय स्थलको सरसफाइका लागि सामुहिक रुपले हप्तामा एकदिन स्वयम्सेवको रुपमा सरसफाइमा समय दिउंँ । यी सामुदायिक धरोहर हामी सवैको हो यसको मर्यदा हामी आफैले सामुहिक रुपले गरौं ।

८. यसरी घरबाट निस्कने ८० प्रतिशत फोहर घरभित्रै व्यवस्थापन हुंने हुंदा कुचिकार, टेक्टर, डम्पीङ साइडको वचत, इन्धन खर्चमा वचत भइ वचत भएको रकम विकास निर्माणमा लगाई नगरको विकासमा टेवा दिउंँ ।

९. आइन्दा फोहर नगर्ने, आफनो वरपर भएको फोहर आफैले सफा गरौं भन्ने मान्यताको आजैबाट थालनी गरौं ।

ताजा अपडेट

खोजी गर्नुहोस