राष्ट्रियसभा निर्वाचनमा नेकपा–राजपा सहकार्य गर्ने सहमती

पुस २,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच राष्ट्रियसभा निर्वाचनमा सहकार्य हुने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको दुई दलबीचको छलफलमा राष्ट्रियसभा निर्वाचनका लागि रिक्त हुने चार स्थानमध्ये अन्य पुरुष समूह र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहको रिक्त दुई स्थानमा राष्ट्रिय जनता पार्टीका उम्मेदवारलाई नेकपाले सहयोग गर्ने सहमति भएको छ ।

त्यस्तैगरी महिला र दलित पुरुष समूहको दुई स्थानमा राजपा नेपालले नेकपाका उम्मेदवारलाई सहयोग गर्ने सहमति भएको छ ।
अन्य राष्ट्रिय राजनीतिका समसामयीक विषयहरुमा नियमित रुपमा छलफल गर्ने र सहकार्य गर्ने तथा सहकार्यको प्रकृयालाई अघि बढाउने सहमति पनि भएको छ ।

सहमतिपत्रमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राजपा नेपालको तर्फबाट राजेन्द्र महतोले हस्ताक्षर गरेका छन् ।

संम्बन्धित समचार

Leave a Reply