साउन ७,काठमाडौँ । क्युबाली राष्ट्रपति माइगेल दायज क्यानेलले सम्पूर्ण देशवाशीलाई भ्रष्टाचार र अपराधका विरुद्ध लड्न आग्रह गरेका छन ।
संसदको बैठकलाई आइतबार सम्बोधन गर्दै उनले देशमा व्याप्त भ्रष्टाचार र आपराधिक क्रियाकलापहरुका विरुद्धमा लड्न सबै देशवासीलाई आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।
उनले भ्रष्टाचारका विरुद्धमा लड्नु भनेको सरकारको या प्रहरीको मात्र काम होइन भन्दै सबै देशवासीले नै यसमा सहयोग गरेमा मात्र देशमा सुशासन र भ्रष्ट्राचारमुक्त समाज निर्माण सम्भव रहेकोमा जोड दिएका हुन ।
उनले समाजमा अपराधका घटनामा भएको बृद्धिलाई ध्यानमा राखेर सबै सर्वसाधारण नागरिकले शान्ति सुरक्षा कायम राख्ने प्रहरीको काममा सहयोग पु¥याउन पनि सबैलाई आग्रह गरेका थिए ।
यस्ता समाजका बेथितीहरुमा नागरिक एकता भएमा मात्र शान्ति, सुव्यवस्था र सुशासनका लागि सहज हुने धारणा पनि उनले राखेको प्राप्त समाचारमा जनाइएको छ ।
क्युबामा केही वर्षहरुदेखि भ्रष्ट्राचार एक जटिल समस्याको रुपमा देखिएको चर्चा गर्ने गरिएको छ ।
कतिपय अधिकारीहरुले त भ्रष्ट्राचारका कारणले नै देशमा आर्थिक तथा वित्तीय समस्या उत्पन्न भएको बताउने गरेका छन् ।
त्यसैले भ्रष्ट्राचारलाई देश विकासको एक प्रमुख बाधकका साथै समाजमा अशान्ति र अस्थिरता उत्पन्न गर्ने तत्वका रुपमा लिएर सबैजना मिलेर भ्रष्ट्राचारको अन्त्य गर्नुपर्ने उनले बताए ।