शुसिला कार्कीलाई चुनौती : काङ्ग्रेसको झन्डा बोकेर खुला मैदानमा आउ !

Post Thumbnail

-बाबु छत्कुली

सेतो कपाल फुलिन्जेल न्याय क्षेत्रमा काम गर्दै प्रधानन्यायाधीश जस्तो गरिमा पदमा काम गरि सक्दा पनि विवेक भने पलाएन छ ।

सार्बभौमसत्ता सप्पन्न जनताले चुनेको जनप्रतिनिधिहरुको सार्बभौम संसदले कानुन बनाउने हो कि कुनै अराजक ब्यक्तीले अनासनको तामास देखाउदै जे भन्छ त्यहीँ अनुसार कानुनको घोषणा गर्ने हो ? तपाईंले जानेको र पढेको कुन चाहिँ मुलकमा छ सडक बाट नै कानुन घोषणा भएको र नेपालको संविधानको कुन धारा र कुन कानुनमा छ देखाई दिनुहोस् ? होइन भने पूर्वप्रधानन्यायाधीश जस्तो ब्याक्तीले अरु राजनितिज्ञले जस्तो जे पायो त्यहीँ बोल्न मिल्छ ?
तिमिले त पूर्वप्रधानन्यायाधीशहरुको मुल्यमान्यता र उनीहरुको समाजमा रहेको छबि नै धुमिलो पारी दियौ । गोबिन्द केसिको माग पूरा नभए यो सरकारको विरुद्ध कहिले ३० हजार मानिस मर्न तयार छ भन्ने घरी बिद्रोह हुन्छ भन्ने ।

के यो सरकारले स्वास्थ सेवालाई सबै जनताको सेवा र पहुँचमा पुर्याउनुको लागि प्रत्येक वडाहरुमा स्वस्थ्य चौकी स्थापना र हरेक गाउँपालिकाहरुमा १५ सैयाको अस्पताल र हरेक प्रदेशमा एकएक सरकारी मेडिकल कलेज खोलेर धेरै भन्दा धेरै गरिब बिद्यार्थीहरुलाई छात्रवृत्तिमा पढउनलाई सरकारले बजेट नै छुट्टयाइएको थाहा भएन महाशय ?

आरोप लगाउदा लगाउदै यो सरकार सबैभन्दा भ्रष्ट भन्न साम्म पछि परेनौ बिना प्रमाण । तर यहि सरकारको प्रधानमन्त्री र उसको पार्टी नै तिमिलाई हिजो माहाअभियोग जस्ता गम्भीर अभियोग बिना प्रमाण लगाउदा तिम्रो न्यायको पछ्मा उभिएर ती भ्रष्टहरुलाई माहाअभियोग फिर्ता गर्न बाध्य पारेकोले अहिले पेन्सन खान पाईरहेका छौ ।

अहिले तिमिलाई उचाल्नेहरु नै हिजो तिमिलाई माहाभियोग लगाउनेहरु होइनन् र ? यसरी बिना प्रमाण जे पायो त्यहीँ बोल्नु भन्दा बरु तिम्रो पुरानो पार्टी काङ्ग्रेसको झन्डा बोकेर खुला मैदानमा आउ नेपाली जनताको भन्नु केहि छैन । हुनत अहिले सम्म तिमि जस्ता पूर्वप्रधानन्यायाधीशहरु धेरै छन क्यारे तर कोहि राजनीतिमा आएका छैनन् तिमी आएर मोडल बन !!!

ताजा अपडेट

खोजी गर्नुहोस