किन बिक्न छाड्यो जलविद्युतकाे सेयर?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ पौष ४, शुक्रबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कुनै समय थियो, जलविद्युत्को सेयर भनेपछि लगानीकर्ताको हानथाप हुन्थ्यो।

लगानी कर्ताले केही नसोची सेयरका लागि आवेदन भर्थे। १० कित्ता सेयर परे पनि ठूलो सम्पत्ति जोडेको र नपरे गुमाएको आभास हुन्थ्यो।

तर, केही महिनायता परिस्थिति बदललिएको खबर आजको कान्तिपुर दैनिकमा छ ।

जलविद्युत्को सेयरमा लगानीकर्ताको आकर्षण घट्दो छ।

जलविद्युत्को सेयर जसरी पनि बेच्ने ध्याउन्नमा लगानीकर्ताहरु देखिन्छन्।

संस्थागत सुशासन र पारदर्शिताको अभाव, समयमा आयोजना सम्पन्न नहुनु, निरन्तर लागत बढ्नु लगायत कारण बहुसंख्यक जलविद्युत् कम्पनीको वित्तिय अवस्था नाजुक बन्दै गएको छ।

कमजोर वित्तिय अवस्थाको प्रत्यक्ष प्रभाव लाभांशमा पर्न थालेको छ।

अहिले नेप्से परिसूचक साढे ११ सय विन्दुमा रहँदा १८ जलविद्युत् कम्पनीको सेयर मूल्य अंकित मूल्य (प्रतिकित्ता एक सय) भन्दा कम छ।

ताजा अपडेट

खोजी गर्नुहोस