‘मिसेस् युनिभर्स २०१९’ मा अनिला श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दै

पौष ४, काठमाडौं । विवाहिता महिलाहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस् युनिभर्स २०१९’ मा नेपालको प्रतिनिधित्व अनिला श्रेष्ठले गर्ने भएकी छन् । ईप्लानेट प्रालिले उनलाई पठाउन लागेको हो ।

डिसेम्बर २२ देखि जनवरी १ तारिख सम्म आयोजना हुने ‘मिसेस् युनिभर्स २०१९’ प्रतियोगिताको ४२औं संस्करण हो । ग्राण्ड फिनाले डिसेम्बर ३० तारिखमा आयोजना हुँदैछ । विश्वका ८० बढी मुलुकका विवाहिता महिला सुन्दरीहरुले त्यसमा सहभागीता जनाउँदैछन् । प्रतियोगीता डिसेम्बर अन्तिम साता चीनको ग्वान्जोमा आयोजना हुँदैछ ।

संम्बन्धित समचार

Leave a Reply