चीन भन्छ-‘सडक सञ्जाल विस्तार गरेर मात्र तिब्बत–काठमाडौं रेलमार्ग निर्माण गर’

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७६ पौष ५, शनिबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

पौष ५, काठमाण्डौँ । चीनले सडक सञ्जाल विस्तार गरेर मात्र तिब्बत–काठमाडौं रेलमार्ग निर्माण गर्न सुझाव दिएको छ । चीनको स्वाशासित क्षेत्र तिब्बतले केन्द्र सरकारलाई नेपाल–चीन सम्पर्न सञ्जाल विस्तारका लागि नेपालतर्फको सडक ‘अल वेदर हाइवे’ बनाउन सुझाव दिएको हो ।

तिब्बत जनसरकार प्रमुख छिटाला नतेत्वको टोलीले सडकमार्फत ल्हासा–केरुङ–काठमाडौं–खासा यात्रा गरेपछि रेलमार्गअघि सडक सुधार गर्न सुझाव दिएको कूटनीतिक स्रोतले बताएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। टोलीले अध्यागमन सुरक्षाबारे पनि चासो राखेको बेइजिङस्थित कूटनीतिज्ञले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस