सभामुख कसलाई बनाउने भन्ने बहस सुरु, नेकपाबाटै सभामुखको खोजी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ पौष ५, शनिबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पौष ५, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा सभामुख कसलाई बनाउने भन्ने बहस सुरु भएको छ । बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुक्रबार बसेको नेकपा संसदीय दलको बैठकमा यो विषयले प्रवेश पाएको हो । बैठकमा नेताहरूले सभामुख कहिले चयन हुने भनी शीर्ष नेताहरूसँग प्रश्न गरेका थिए ।

नेकपाका सचिवालय सदस्य माधवकुमार नेपालले व्यक्ति को बन्ने हो त्यो थाहा छैन तर नेकपाबाट नै सभामुख बन्ने निश्चित रहेको बताए । संसदीय दलको बैठकमा यसको चर्चा भए पनि छलफल नभएको बताउँदै उनले नेकपाले सभामुखमा दाबी गर्ने बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस