कियाको मिड-एसयुभी सेल्टोस नेपालमा

  • अनलाइन केन्द्र
  • / अटाे /
  • २०७६ पौष ५, शनिबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

पौष ५, काठमाण्डौँ । कियाको सेल्टोस नेपाल भित्रेको छ । यो भारतमा १० दिनमै सर्वाधिक बिक्री हुने मिड एसयुभी बन्न सफल भएको थियो । नेपालका लागि किया गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले सेल्टोस नेपाल ल्याएको हो । कियाको भारतस्थित प्लान्टमा उत्पादित गाडी पहिलोपटक नेपाल भित्रेको हो । कोरियाली अटो निर्माता कियाले सन् २०१९ बाट भारतमा प्लान्ट राखेर सेल्टोस उत्पादन थालेको हो ।

भारत ६ इन्जिन जडित सेल्टोस कियाको ग्लोबल मोडल हो । यसले विश्वभरका मिड एसयुभी पारखीबाट उत्साहजनक प्रतिक्रिया पाएको छ । सेल्टोसकै कारण किया भारतको चौथो नम्बरको कार ब्रान्ड बन्न सफल भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस