एउटा पुरुषको कथा : ‘म किन यौनकर्मीकहाँ धाउन थालेँ’

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७६ पौष ५, शनिबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

 

पौष ५ । त्यो अविस्मरणीय रात थियो । अट्ठाइस वर्षमा पहिलो पटक मैले कुनै महिलालाई स्पर्श गरेको थिएँ ।

मेरो इच्छा पूरा भइरहेको थियो । त्यसैले म प्रसन्न थिएँ । त्यो अनुभव एक हप्तासम्म मेरो मस्तिष्कमा रहिरह्यो ।

म बेग्लै संसारमा भएको जस्तो अनुभव भइरहेको थियो । नहोस् पनि किन ?

अहिलेसम्म मेरो बिहे भएको छैन । मेरो गृहनगर गुजरातमा पुरुषको तुलनामा महिलाको सङ्ख्या कम छ ।

इज्जत
महिला र पुरुषको जनसङ्ख्याको असन्तुलनको खाल्डोले मजस्ता कैयौँ युवालाई बिहेबाट वञ्चित तुल्याएको छ।

मेरा आमाबुवाले थरीथरीका कुरा सुन्नुपर्छ । उदाहरणका लागि यदि तपाईँका छोरा सरकारी जागिरे भएको भए कुरा अर्कै हुन्थ्यो ।

निजी कम्पनीको जागिरको के भरोसा ? अनि तपाईँहरूको जग्गा पनि त धेरै छैन ।
त्यतिबेला मेरो मासिक तलब आठ हजार भारु थियो। म घरको जेठो छोरा थिएँ र मेरो बिहे हुन सकिरहेको थिएन ।

मलाई लाग्थ्यो कतै बिहेको टुङ्गो लागिदिए समाजमा हाम्रो इज्जत जोगिहाल्थ्यो कि।

हामी चारजना साथी थियौँ र प्रायः नजिकको सहरमा रक्सी खान जान्थ्यौँ । सम्भवत त्यो दिन साथीले मेरो तनाव महसुस गरेको हुनुपर्छ ।

गिलासमा रक्सी हाल्दै उसले भन्यो, किन यति तनाव लिन्छौरु तिमीले बिहे गरिहाल्यौ भने पनि यति मज्जा लिन सक्दैनौ । दुनियाँ रङ्गीन छ, मज्जा लिऊ। ल जाऊँ । म तनावमा थिएँ । तर साथीले पटक पटक आग्रह गरेपछि अन्ततः हामी एउटा होटल गयौँ ।

सजिलो
मैले कैयौँ नीला चलचित्र हेरेको थिएँ । तर वास्तविक जिन्दगीमा कुनै महिलाको सम्पर्कमा गएको त्यो पहिलो पटक थियो ।

त्यसपछि त होटल जाने बानी बस्यो । पाँच वर्षसम्म यो क्रम चलिरह्यो । आफूलाई आनन्द दिलाउने त्यो एउटा सजिलो बाटो थियो ।

तर एक दिन त्यो कुरा मेरो बुवाको कानसम्म पुग्यो । उहाँको रिस उत्कर्षमा पुग्यो । बुवाले हात उठाउन सकिरहनुभएको थिएन, अतः कराएर आफूलाई शान्त पार्ने प्रयास गरिरहनुभएको थियो ।

तिमीलाई लाज लागेन त्यस्तो गर्दारु आफ्नी आमा र दिदीको बारेमा त एकचोटि सोचेको भए हुन्थ्यो ।

आमा र दिदी रोइरहनुभएको थियो। भिनाजुको परिवारलाई पनि यो कुरा थाहा भयो ।

साथीहरूले मलाई रक्सी खुवाएर होटल लगेका थिए र बेहोसीमा के के भयो त्यो थाहा भएन भनेर मैले सफाइ दिएँ । अनि परिवारसँग माफी पनि मागेँ ।

उसो भए यति वर्षसम्म त्यो गल्ती किन दोहोर्‍याइरह्यौ त ?

बुवाको यो प्रश्नको उत्तर मसँग थिएन । दिदी र भिनाजु पनि कराइरहनुभएको थियो ।

उहाँहरूको कुरा सुनेर यस्तो लागिरहेको थियो मानौँ मैले कसैको हत्या जस्तो ठूलो अपराध गरेको छु ।

दुई दिनसम्म बुवा मसँग बोल्नुभएन। तेस्रो दिन उहाँले भन्नुभयो, एक विधवासँग तेरो बिहेको लागि प्रस्ताव आएको छ। पाँच वर्षको छोरा छ र महिला राम्रो परिवारकी हुन्।

महिलाका बुवालाई तिम्रा करतुतबारे थाहा छ, तर बिहेका लागि तयार छन् । तिमी पनि ३१ वर्षको भइसक्यौ । यो प्रस्तावलाई स्वीकार गरिदेऊ ।

तिमी पनि अहिले त राम्रै कमाउँछौ। गृहस्थी जीवन थालिहाल, खुसी रहन्छौ ।

असन्तुष्ट
तर मलाई त कोही अरू नै मन परिसकेको थियो । उनी त्यही होटलमा काम गर्थिन्, जहाँ म यौनकर्मीका लागि जाने गर्थेँ ।

उनी होटलमा हाउस(किपिङ अर्थात् सरसफाइ लगायतका काम गर्थिन् । पैसा थोरै कमाउँथिन् ।

तर उनीमा एउटा कुरा थियो, उनी हाँस्दा साह्रै राम्री देखिन्थिन् ।

तर मेरो कृत्यलाई लिएर असन्तुष्ट थिइन् । मसँग बिहे गर्न उनले अस्वीकार गरिन् ।

उनले अरू कसैसँग बिहे गरेपछि मलाई ठूलो पीडा भयो । म अधुरो अधुरो लाग्न थालेँ ।

त्यो अधुरोपन थियो कसैको साथको जसले मेरो भावनालाई बुझोस् र मलाई जीवनभरि साथ देओस् ।

वैवाहिक जीवनको कमी मलाई खट्किन थाल्यो । मेरो बिहे नभएको कारण परिवारलाई पनि समाजमा गाह्रो भइरहेको थियो । अतः मैले घर छाडेँ ।

मेरो बिहेलाई लिएर प्रश्न ज्यूँको त्यूँ थियो र घरका सबैजना तनावमा थिए ।

स्वतन्त्र चरा
समाज नै यस्तो छ । अरूलाई चोट पुग्ने प्रश्न सोधेर मानिसहरूले स्वाद मान्छन् । यसपटक मैले सधैँका लागि घर छाड्ने निधो गरेँ ।

नयाँ ठाउँ, नयाँ मानिसहरू तर मेरो पुरानै बानी । कहिले छिमेकमा बस्ने महिला त कहिले छिमेकी सहरका महिलासँग मैले मन बहलाएँ ।

कैयौँ पटक त मेरा हाकिम पनि मसँग गए। उनलाई ममाथि विश्वास थियो ।

म अहिले ३९ वर्षको भएँ तर आफूलाई एक्लो महसुस गर्दिनँ ।

अहिले मेरो परिवारले पनि सम्झौता गरिसक्यो । भाइले एक आदिवासी महिलासँग प्रेमविवाह गरेको छ ।

म एक स्वतन्त्र चराजस्तै भएको छु। बिहेको सपना त्यागिसकेँ । मलाई यो जिन्दगी नै ठिक लागिरहेको छ ।

अहिले मेरो मासिक तलब ४० हजार भारु छ । न कुनै कुराको कमी छ न त मलाई कुनै ग्लानि छ ।

बिहे भएको भए मेरो जिन्दगी कस्तो हुन्थ्यो थाहा छैन । तर आज म समाजको घोचपेचदेखि धेरै टाढा छु ।

बीबीसी हिन्दीका सम्वाददाता ऋषि बनर्जीले तयार पारेको एक पुरुषको जिन्दगीमा आधारित सत्य घटना । ती पुरुषको आग्रहमा उनको नाम गोप्य राखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस