सवारी साधन सुरक्षित कसरी राख्ने ? अपनाउनुस् यी उपाय

  • अनलाइन केन्द्र
  • / अटाे /
  • २०७६ पौष ५, शनिबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पौष ५, काठमाण्डौँ । सवारीसाधान खरीदमा ठूलो रकम खर्च हुने गरेको छ । तर सवारीसाधानलाई सही रुपमा ख्याल नगर्दा समस्या देखा पर्ने गरेको छ । जथाभावी पार्किङमा राखिएका सवारी साधन हराइरहेका घटना नयाँ होइनन् । सडकमा अनाधिकृत रुपमा राखिएका सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरीले समेत उठाएर लैजाने गरेको छ भने धेरै सवारी हराइरहेका पनि छन् ।

यी समस्याले हैरान हुनुहुन्छ भने यसरी गर्नुस् आफ्नो सवारीको सुरक्षा ।

–सवारी साधनमा अतिरिक्त लक तथा अलार्मको प्रयोग गर्ने ।

–घर कमाउण्ड वा अन्य स्थानमा एकैछिन भनि लक लगाउन अल्छी नगर्ने ।

–एकान्त, सुनसान र अध्यारो गल्लीहरुमा पार्किङ नगर्ने ।

–शः शुल्क पार्किङ्गमा सवारी राखी स्लीप लिने गर्ने ।

–सवारी साधनमा साचो छुटेको छ कि भनेर पुनः चेक गर्ने ।

–उस्तै देखिने सवारी साधनसँगै आफ्नो सवारी पार्किङ्ग नगर्ने ।

–रिकण्डीसन वा अन्य व्यक्तिबाट सवारी खरिद गर्दा ब्लुबुक हेरी यातायात व्यवस्था कार्यालयको अभिलेख जाँच गरेर मात्र खरिद गर्ने ।

–सिसिटिभी वा आफ्नो निगरानी भएको स्थानमा मात्र पार्किङ गर्ने ।

–लामो समयसम्म एकै स्थानमा सवारी पार्किङ नगर्ने ।

–सवारी साधन किनबेच तथा टेस्ट ड्राईभ गर्दा होस पुर्‍याउने ।

ताजा अपडेट

खोजी गर्नुहोस