पोखरा प्रिमियर लिग पीपीएलमा काठमाडौंको दोस्रो जित, प्लेअफको सम्भावना जिवितै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ पौष ५, शनिबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पौष ५, काठमाण्डौँ । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग पीपीएल क्रिकेट अन्तर्गत काठमाडौं गोल्डेन वारियर्सले दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा विराटनगर टाइटान्सलाई ३६ रनले पराजित गर्दै काठमाडौं गोल्डेन वारियर्सले प्रतियोगिताको प्लेअफको सम्भावनालाई जिवित राखेको छ ।

काठमाडौं हाल सम्म चार खेल खेलेर दुई जित र दुई हारसँगै ४ अंक छ । पराजित तीन खेल खेलेको विराटनगरको दुई अंक छ । प्रतियोगिता अन्तर्गत आइतबार दुई खेल हुँदैछन् । बिहान ९ः३० बजे हुने पहिलो खेलमा विराटनगर टाइटान्सले चितवन राइनोजसँग प्रतिस्पर्धा गर्दै छ । त्यस्तै दिउँसो १२ः४५ मा बुटवल बलास्टर्सले धनगढी ब्लुजसँग प्रतिस्पर्धा गर्दै छ ।

ताजा अपडेट

खोजी गर्नुहोस